इतिहासमै सबैभन्दा कम्जोर बनेको नेपाली रुपैयाँ

  • नेपाल राष्ट्रिय दैनिक
  • September 27, 2022
nepal rastra bank

एक अमेरिकी डलरको खरिद मूल्य आज १३०.३० रुपैयाँ र बिक्रि मूल्य १३०.९० रुपैयाँ निर्धारण गरिएको छ। नेपाली रुपैयाँ यतिधेरै कम्जोर बनेको आज इतिहासमै पहिलोपटक हो।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, सन् १९७७ अक्टोबर ८ मा एक अमेरिकी एक डलर बराबर ५८.५० रुपैयाँ खरिद मूल्य र ५९.०५ बिक्रि मूल्य रहेको नेपाली रुपैयाँ ओरालो लाग्दै, सन् २०१४ जनवरी २८ मा पहिलो पटक ३ अङ्कको विनिमय दरमा झर्‍यो ।पहिलोपटक २०१४ जनवरी २८ मा एक अमेरिकी डलरको खरिद मूल्य १००. ६७ र बिक्रि मूल्य १०१.२७ पुगेको थियो। बिचमा पुन: २ अङ्कको विनिमय दरमा स्थिरता कायम गरेको नेपाली रुपैयाँ करिब ११ महिनापछि सन् २०१४ डिसेम्बरमा पुन: तल झर्दै ३ अङ्कको विनिमय दरमा झर्‍यो। सन् २०१४ डिसेम्बरमा तल झर्दै एक अमेरिकी डलर बराबर १००.४१ रुपैयाँ खरिद मूल्य र १०१.०१ बिक्रि मूल्य कायम भएको नेपाली रुपैयाँ त्यसपछि निरन्तर रुपमा ओरालो लाग्न थाल्यो। १०० रुपैयाँमा ३ अङ्कको विनिमय दर कायम गर्दै ओरालो लागेको नेपाली रुपैयाँ दिनप्रतिदिन कम्जोर हुँदै जाँदा आज एक अमेरिकी डलरको खरिद मूल्य १३०.३० रुपैयाँ र बिक्रि मूल्य १३०.९० रुपैयाँ पुगेको छ।

मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरिरहेको बेला अमेरिकी फेडरल रिजर्ब बैंकले पनि ब्याजदर वृद्धि गरेसँगै डलर मजबुत बन्दै गएको हो। त्यसो त रुस युक्रेन युद्दको कारण युरोपियन बजारमा परेको उर्जा आपूर्ति र सङ्कटको कारण यतिबेला यूरो पनि डलरको तुलनामा कम्जोर बन्न पुगेको छ।

त्यसो त भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम भएको नेपाली रुपैयाँ भारतीय अर्थतन्त्रमा आएको गिरावटको कारण कम्जोर भएको बताउने गरिएको छ। यधपी भारातिय अर्थतन्त्र, सन् २०२२ मा इतिहासमै पहिलोपटक मजबुत बनेर बेलायतलाई उछिन्दै विश्वको पाँचौ ठुलो अर्थतन्त्र बनिसकेको छ।

समग्रमा आयातमुखी र परनिर्भर नेपालको अर्थतन्त्र डलरमा आएको उछाल संगसंगै झनै घाटामा जाने देखिएको छ। डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व पनि बढ्न जाने देखिएको छ। उत्पादनमुखी अर्थतन्त्र नहुनु, अनावश्यक रुपमा लिइएको वैदेशिक ऋण र अस्थिर राजनीतिको बिचमा विश्व बजारमा कम्जोर रुपमा प्रस्तुत हुँदै गर्दा नेपालको अर्थतन्त्र दिनप्रतिदिन जोखिम बन्दै गएको देखिन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५