बिमस्टेकलाई नयाँ जीवन दिनुपर्छ : प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 31, 2022
sherbahadur deuba 7SSB44y2qU

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लाई नयाँ जीवन दिनुपर्ने बताउनुभएको छ । उहांले सदस्य राष्ट्रका स्रोत साधन परिचालन गर्नुपर्ने पनि बताउनुभएको छ ।

श्रीलंकामा भएको सम्मेलनलाई सम्बोधन गर्दै देउवाले बिमस्टेकले कोरोना महामारीको दीर्घकालीन आर्थिक, सामाजिक र विकासमा पर्ने असरलाई सम्बोधन गर्दै सामान्य अवस्थामा फर्किने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ । उहांले यस क्षेत्रका चुनौतिहरूबारे बोल्दै बिमस्टेक सदस्यहरूले व्यापार र लगानी, ऊर्जा, कनेक्टिभिटी, जलवायु परिवर्तन र जनताबीचको सम्पर्कलाई सामूहिक रूपमा विचार गर्नुपर्ने बताउनुभएको छ ।

उहांले बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्न जतिसक्दो चाँडो बुद्ध सर्किट बनाउनुपर्नेमा जोड दिँदै बौद्ध धर्म यस क्षेत्रमा बलियो कडी हुने बताउनुभएको छ । यसैबीच, कोलम्बोमा हुने सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री खड्काले राष्ट्रपति राजापाक्षेसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा राष्ट्रपति राजापाक्षले दुई देशबीचको लामो समयदेखि रहेको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै आपसी हितका लागि आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५