भारतले बारम्बार भूमि अतिक्रमण गर्दा पनि सरकार किन मौन ?

  • नेपाल राष्ट्रिय दैनिक
  • March 27, 2022
darchula by anil joshi

नेपालको दार्चुला र भारतको धार्चुलालाई छुट्याउने महाकाली नदीको धारा बदलेर भारतीय स्काभेटर नेपाल आइपुगेको छ । दार्चुलाको सदरमुकाम कलोनामा रहेको महाकाली नगरपालिका–१ को खोलाको नेपाली तर्फ भारतीय स्काभेटर आएको हो ।

सीमावर्ती महाकाली नदीमा तटबन्ध निर्माणलाई तीव्रता दिएको भारतले शनिबार र आइतबार बिहान एकतर्फी रुपमा महाकाली नदीमा नेपाल प्रवेश गरेको छ । भारतीय स्काभेटर महाकाली नदीको धारा बदलेर नेपालको किनारमा पुगेको छ ।

शनिबार र आइतबार बिहान महाकाली नदी किनारको नेपाली तर्फबाट ढुङ्गा तटबन्धको भारततर्फ सारिएको छ ।भारतीय स्काभेटरले नेपालतर्फबाट महाकाली नदीको ढुङ्गा बोकेर खोलालाई अहिले कलोना गाउँतर्फ मोडेको छ, जसले गर्दा कलोना बस्ति पूर्ण खतरामा परेको छ ।

नेपालको तर्फबाट सशस्त्र प्रहरी बल सिमानामा पुगेपछि भने भारतीय स्काभेटर आफ्नै भूमिमा फर्किए पनि चालु बर्षाको समयमा कलोन गाउँमा बाढी आउने सम्भावना भने बढेको छ ।

अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार कुनै पनि देशले सीमावर्ती नदीको बहावलाई असर गर्ने गरी एकअर्काको सहमतिविना भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन । तर, अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिविना भारतले महाकाली नदीको प्रवाह नेपालतर्फ मोड्न एकलौटि रुपमा तटबन्ध निर्माण गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

तर भारतले बारम्बार यसरी नेपाली भूमि अतिक्रमण गर्दा र एकलौटि रुपमा सिमा नदिमा बाध निर्माण गर्दा पनि नेपाल सरकारले यो समस्या समाधान गर्न कुनै पनि चासो देखाएको छैन ।

तस्विर : अनिल जोसी

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५