चिनियाँ विदेशमन्त्री यी आज दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
त्यसैगरी यीले आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग बिहान ११ः१० देखि ११ः४० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम छ ।
अन्त्यमा चिनियाँ विदेशमन्त्री वाङले दिउँसो ११ः४५ देखि १२ः१५ बजेसम्म सत्तारुढ नेकपा–माओवादी केन्द्रीय समितिका अध्यक्ष प्रचण्डसँग भेट गर्नेछन् ।
विदेशी स्रोतका अनुसार विदेशमन्त्री वाङको नेतृत्वमा रहेको २५ सदस्यीय प्रतिनिधिमण्डलमा दुई चिनियाँ सहायक मन्त्री र उच्च सरकारी अधिकारीहरु रहेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि उच्चस्तरीय बैठकमा सहभागीता जनाउनुभएको छ ।
यसअघि शनिबार वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्