गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने:देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 25, 2022
deuba sher bahadur 1024x683 1

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पर्टी सभापति देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमालेलाई हराउन पनि चितवनमा गठबन्धन जरुरी रहेको सभापति देउवाले बताउनुभएको छ । चितवनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई सभापति देउवाले, चुनाव नजिते के गर्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभएको थियो ।

यता चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भने आफु चितवन कांग्रेसको कमाण्डर भएको र चितवन कांग्रेसका कार्यकर्ताको भावनालाई बुझेर आफुहरु एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको पनि बताउनुभएको छ । जित्दै गर्दा सोही अनुरुप बिकासमा लाग्ने छौं र हार्दै गर्दा पनि त्यस बाट पाठ सिकेर हामि अगाडि बढ्नेछौं तर चुनाबमा चितवन काँग्रेस एक्लै लड्ने र त्यसका लागि आफुहरुले पार्टी सभापतिलाई मनाउने सभापति खनालले बताउनुभएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५