गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने:देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 25, 2022
deuba sher bahadur 1024x683 1

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पर्टी सभापति देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमालेलाई हराउन पनि चितवनमा गठबन्धन जरुरी रहेको सभापति देउवाले बताउनुभएको छ । चितवनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई सभापति देउवाले, चुनाव नजिते के गर्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभएको थियो ।

यता चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भने आफु चितवन कांग्रेसको कमाण्डर भएको र चितवन कांग्रेसका कार्यकर्ताको भावनालाई बुझेर आफुहरु एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको पनि बताउनुभएको छ । जित्दै गर्दा सोही अनुरुप बिकासमा लाग्ने छौं र हार्दै गर्दा पनि त्यस बाट पाठ सिकेर हामि अगाडि बढ्नेछौं तर चुनाबमा चितवन काँग्रेस एक्लै लड्ने र त्यसका लागि आफुहरुले पार्टी सभापतिलाई मनाउने सभापति खनालले बताउनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५