थाइल्याण्डसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • March 24, 2022
National football team

नेपालले आज थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

खेल आज नेपाली समय अनुसार साँझ ६ः१५ बजे थाइल्याण्डको चोनबुरीमा सुरु हुनेछ । नेपालले सन् १९८७ पछि पहिलो पटक थाइल्याण्डसँग खेल्दैछ ।

थाइल्याण्डविरुद्धको एएफसी कप खेल्ने तयारीमा रहेको मछिन्द्र फुटबल क्लबसँग आबद्ध राष्ट्रिय टोलीका केही महत्वपूर्ण खेलाडी टोलीमा छैनन् ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको थियो । नेपालले मार्च २७ मा थाइल्याण्डको चोनबुरी एफसीसँग खेल्नेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५