थाइल्याण्डसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नेपाल

  • नेपाल राष्ट्रिय दैनिक
  • १० चैत्र २०७८, बिहीबार ०९:२५
National football team

नेपालले आज थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग खेल्दैछ ।

खेल आज नेपाली समय अनुसार साँझ ६ः१५ बजे थाइल्याण्डको चोनबुरीमा सुरु हुनेछ । नेपालले सन् १९८७ पछि पहिलो पटक थाइल्याण्डसँग खेल्दैछ ।

थाइल्याण्डविरुद्धको एएफसी कप खेल्ने तयारीमा रहेको मछिन्द्र फुटबल क्लबसँग आबद्ध राष्ट्रिय टोलीका केही महत्वपूर्ण खेलाडी टोलीमा छैनन् ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको थियो । नेपालले मार्च २७ मा थाइल्याण्डको चोनबुरी एफसीसँग खेल्नेछ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५