पोल्याण्डले ४५ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 23, 2022
russia poland

पोल्याण्डले रुसी कूटनीतिज्ञलाई कूटनीतिज्ञको आडमा रुसको गुप्तचर निकायमा काम गरेको आशंकामा देश निकाला गर्ने भएको छ ।

विदेशी खुफिया सेवाका प्रवक्ताका अनुसार पोल्याण्डमा कार्यरत ४५ रुसी गुप्तचर अधिकारीहरूलाई कूटनीतिज्ञका रूपमा पहिचान गरेको छ। पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता स्टानिस्लाभ जरिनका अनुसार कूटनीतिज्ञहरूले पोल्याण्ड र यसका सहयोगीहरू विरुद्ध जासुसी गरिरहेका छन्।

पोल्याण्डले आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरेमा रुसले जवाफ दिने तयारी गरिरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

युक्रेन संकट जारी रहँदा रुस र पोल्याण्डबीचको सम्बन्ध चिसिएको छ । पोल्याण्ड संयुक्त राज्य अमेरिकाको एक रणनीतिक साझेदार हो। पोल्याण्ड सन् १९९९ देखि उत्तरी एट्लान्टिक सन्धि संगठन (NATO) को सदस्य रहेको छ।

युक्रेनले नेटोमा सामेल हुन खोजेपछि रुसले युक्रेनमाथि सैन्य हमला गरेको झण्डै एक महिना भइसकेको छ । रुसको विरुद्धमा अमेरिका यूरोप लगायतका देश उभिएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५