पोल्याण्डले ४५ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 23, 2022
russia poland

पोल्याण्डले रुसी कूटनीतिज्ञलाई कूटनीतिज्ञको आडमा रुसको गुप्तचर निकायमा काम गरेको आशंकामा देश निकाला गर्ने भएको छ ।

विदेशी खुफिया सेवाका प्रवक्ताका अनुसार पोल्याण्डमा कार्यरत ४५ रुसी गुप्तचर अधिकारीहरूलाई कूटनीतिज्ञका रूपमा पहिचान गरेको छ। पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता स्टानिस्लाभ जरिनका अनुसार कूटनीतिज्ञहरूले पोल्याण्ड र यसका सहयोगीहरू विरुद्ध जासुसी गरिरहेका छन्।

पोल्याण्डले आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरेमा रुसले जवाफ दिने तयारी गरिरहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

युक्रेन संकट जारी रहँदा रुस र पोल्याण्डबीचको सम्बन्ध चिसिएको छ । पोल्याण्ड संयुक्त राज्य अमेरिकाको एक रणनीतिक साझेदार हो। पोल्याण्ड सन् १९९९ देखि उत्तरी एट्लान्टिक सन्धि संगठन (NATO) को सदस्य रहेको छ।

युक्रेनले नेटोमा सामेल हुन खोजेपछि रुसले युक्रेनमाथि सैन्य हमला गरेको झण्डै एक महिना भइसकेको छ । रुसको विरुद्धमा अमेरिका यूरोप लगायतका देश उभिएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५