धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले गरे सुनाकोठी–चापागाउँ सडक बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
Chapagaun Satdobato road

ठेकेदारले समयमा काम नगर्दा धुलोले हैरान बनाएको भन्दै स्थानीयवासीले सडक नै बन्द गरेर विरोध गरेका छन् ।

ललितपुरको सुनाकोठीका स्थानीयवासीले सुनाकोठी–चापागाउँ सडक अनिश्चितकालका लागि बन्द गरेका हुन् । समयमै सडक बनाउन दबाब दिँदै उनीहरूले आज मङ्गलवार बिहान एक घण्टा धिमे बाजा बजाएर विेरोध जनाएका ललितपुर महानगरपालिका २७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिनुभयो ।

डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले लामो समयसम्म नबनाएको सुनाकोठीका बासिन्दाको गुनासो छ ।

एक वर्ष अगाडि यो सडक कालोपत्र (पिच) भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि यो सडक खण्डमा स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

स्थानीयवासीको निरन्तरको विरोधपछि गएको मङ्सिर १६ गते सडक विभाग, ठेकेदार कम्पनी, ललितपुर महानगरपालिका, स्थानीय प्रतिनिधिलगायत सरोकारवालाको बैठक बसेर मङ्सिर १८ गतेदेखि काम गर्ने सहमति भएको थियो । तर त्यसपछि पनि ठेकेदार कम्पनीले काम नगरेको वडाध्यक्ष महर्जनले बताउनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५