टिम अफ दि इअरको अवार्ड नेपाली पुरुष फुटबल टिमले पायो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
National football team

नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।

फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

बंगलादेश र कीर्गिस्तानको यू२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५