टिम अफ दि इअरको अवार्ड नेपाली पुरुष फुटबल टिमले पायो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
National football team

नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।

फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

बंगलादेश र कीर्गिस्तानको यू२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५