यूक्रेन माथीको आक्रमण रोक्न पाँच देशले रुसलाई दवाव दिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
russian president vladimir putin 1646498617

अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् ।

बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन् ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले यूक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अव चर्को दबाव दिनु पर्ने निश्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

उनीहरुले आ आफ्नो देशको तर्फबाट कुटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि यूक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि ठोस उपलब्धी हुन सकेको छैन ।

त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथी रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५