बागमती प्रदेशसभा बैठक १८ मिनेट बसेर स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
QGdpVcdDstKPIJxHf0lt 696x422 1

बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

आजको बैठक १८ मिनेट बसेर स्थगित भएको हो । बैठकमा शून्य समय माग गर्दै सांसद्हरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा माओवादी केन्द्रका सांसद सिम्खडाले धादिङ र नुवाकोट जोड्ने पुल अलपत्र पारिएको बारेमा सरकारका ध्यानाकर्षण गराएका थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५