बागमती प्रदेशसभा बैठक १८ मिनेट बसेर स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
QGdpVcdDstKPIJxHf0lt 696x422 1

बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

आजको बैठक १८ मिनेट बसेर स्थगित भएको हो । बैठकमा शून्य समय माग गर्दै सांसद्हरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा माओवादी केन्द्रका सांसद सिम्खडाले धादिङ र नुवाकोट जोड्ने पुल अलपत्र पारिएको बारेमा सरकारका ध्यानाकर्षण गराएका थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५