शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रचण्डद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
prachandaangrypic2019 11 11 02 43 00 2

जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी युद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको हो ।

वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइते भक्त रानालाई भेटेपछि प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर निःशुल्क र सहज उपचारको प्रबन्धका लागि ध्यानाकर्षण गराएका उहाँको सचिवालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५