नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
Pic 1

नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले दुई देशको पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय एवं विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गर्नुभएको थियो ।

गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औँ सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५