सरकारले अर्थतन्त्र सुधार्नका लागि ‘उच्चस्तरीय समिति’ गठन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
deuba sher bahadur 1024x683 1

सरकारले अर्थतन्त्र सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताउनुभयो ।

विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहनुभएको छ ।

प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राख्नुभयो । सोहीक्रममा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५