सरकारले अर्थतन्त्र सुधार्नका लागि ‘उच्चस्तरीय समिति’ गठन गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
deuba sher bahadur 1024x683 1

सरकारले अर्थतन्त्र सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताउनुभयो ।

विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहनुभएको छ ।

प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राख्नुभयो । सोहीक्रममा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५