चाइना इस्टर्न बोइङ ७३७ जहाज पहाडमा ठोक्किएर दुर्घटना

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
China Plane Crash 1

चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।

१३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५