महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
football.jpg qqq

१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ ।

खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

दुई खेलमा अङ्कविहीन नेपाल पुछारमा छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बङ्ग्लादेशसँग पराजित भएको थियो। भारत दुई खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्ग्लादेश तीन अङ्क जोडेर दोस्रो स्थानमा छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५