महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
football.jpg qqq

१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ ।

खेल भारतको जमसेदपुरमा बेलुका सवा सात बजे हुनेछ । आज भारतलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन। तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन ।

दुई खेलमा अङ्कविहीन नेपाल पुछारमा छ । पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बङ्ग्लादेशसँग पराजित भएको थियो। भारत दुई खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा छ भने बङ्ग्लादेश तीन अङ्क जोडेर दोस्रो स्थानमा छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५