प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
Tilak Pariyar Karnali prades pramukh

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्टिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५