प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
Tilak Pariyar Karnali prades pramukh

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्टिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५