युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले दियो अल्टिमेटम

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
Ukren

घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ ।

मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत्, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने त्यहाँ झण्डै तीन लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको बीबीसीले जनाएको छ ।

रुसको आक्रमणका कारण मारिओपोलका झण्डै ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन् । एक तिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।

रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण गरिरहेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५