युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले दियो अल्टिमेटम

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
Ukren

घेराबन्दीमा परेको युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर युक्रेनले भने रुसको यो प्रस्ताव अस्वीकार गरेको छ ।

मारिओपोल सहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ । त्यहाँ विद्युत्, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने त्यहाँ झण्डै तीन लाख मानिस फसेका छन् । खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको बीबीसीले जनाएको छ ।

रुसको आक्रमणका कारण मारिओपोलका झण्डै ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन् । एक तिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।

रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा आक्रमण गरिरहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५