एमालेले स्थानीय चुनावमा तालमेल गर्दैन : नेता भट्टराई

  • नेपाल राष्ट्रिय दैनिक
  • March 21, 2022
bishal central comitee photo khotang.jpg1638234125

स्थानीय तहको निर्वाचनमा एमालेले राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभएको छ ।

आज एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताउनुभएको हो ।

एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी गरिएको उहाँको भनाइ छ ।

लोकप्रिय र जित्ने मात्रै नभएर स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा एमाले रहेको भट्टराईको भनाई छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५