स्थानीय तह चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा अनिवार्य

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
CCTV uzvNUyQMsL

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ ।

मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो ।

यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली भीसीभीएमएसु को प्रयोग गर्न निर्देशन दिएको छ ।

अब पालिकाले आफ्नै स्वामित्वमा रहने गरी निर्वाचन आयोगले तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्नेछ । मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भीसीभीएमएस स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने भएको हो ।

स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निर्णय भइसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तयारी तीव्र बनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५