स्थानीय तह चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा अनिवार्य

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
CCTV uzvNUyQMsL

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ ।

मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो ।

यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली भीसीभीएमएसु को प्रयोग गर्न निर्देशन दिएको छ ।

अब पालिकाले आफ्नै स्वामित्वमा रहने गरी निर्वाचन आयोगले तोकेको मापदण्डअनुसारका उपकरण जडान गर्नुपर्नेछ । मतगणना स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन भीसीभीएमएस स्थापना गरेर निर्वाचन आयोगले आफ्नो परिसरबाटै अवलोकन गर्ने भएको हो ।

स्थानीय तहको चुनावको मतगणना केन्द्र सम्बन्धित पालिकाको केन्द्रलाई नै बनाउने यसअघि नै निर्णय भइसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तयारी तीव्र बनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५