त्रिभुवन विमानस्थलमा अब लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
tribhuwan

अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा स्वास्थ्य परीक्षण हुने भएको छ ।

सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड९१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड९१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड९१९ परीक्षण गराउनुपर्ने बताएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५