त्रिभुवन विमानस्थलमा अब लक्षण देखिएकाहरुको मात्र कोरोना परीक्षण गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
tribhuwan

अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा स्वास्थ्य परीक्षण हुने भएको छ ।

सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड९१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घन्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड९१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिले नाकामा कोभिड९१९ परीक्षण गराउनुपर्ने बताएको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५