बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारीमा प्राधिकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
CAAN avation 20200224025437

बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको छ ।

अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ ।

ती कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

आइतबार आज एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको हो । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५