गर्मी मौसममा छालाको स्याहार गर्ने १० उपायहरु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
accutane

गर्मी मौसम सुरुभएको छ । चर्काे घाम, तातो हावा, धुलोधुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।

चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा खटिरा आउने, मसिना विमिरा आउने, सुख्खा र छाला फुस्रो हुनेजस्ता समस्या हुन्छन् । त्यतिमात्र होइन, छाला डढ्ने र कालो धब्बा बस्ने समस्या पनि उत्तिकै हुन्छ । कहिलेकाहीँ छालाको एलर्जी पनि हुन्छ । त्यसैले गर्मी मौसममा छालाको विशेष स्याहार आवश्यक हुन्छ ।

गर्मीमा छालाका स्याहार गर्ने उपायहरु
१. गर्मी मौसममा पसिना धेरै आउने भएकाले हल्काखालको मोइस्चराइजर प्रयोग गर्न गर्ने ।
२. एन्टी अक्सिडेन्टयुक्त सौन्दर्य सामग्रीमा प्रयोग गर्ने ।
३. प्रशस्त मात्रामा पानी पिउने ।
४. जुस तथा झोलिलो खानेकुरा खाने ।
५. घरबाहिर निस्कनुभन्दा अगाडि सनस्कृन लगाउने
६. दिनमा दुई पटक फेसवासले राम्रोसँग अनुहार सफा गर्ने ।
७. अनुहार धोइसकेपछि टोनरको प्रयोग गर्ने ।
८. भिटामिन–सी सीरम लगाउने ।
९. कम्तीमा महिनामा एकपटक विशेषज्ञको सल्लाहमा फेसियल गर्ने ।

१०. बजारका खानाभन्दा घरको खाना नियमित खाने

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५