गर्मी मौसममा छालाको स्याहार गर्ने १० उपायहरु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
accutane

गर्मी मौसम सुरुभएको छ । चर्काे घाम, तातो हावा, धुलोधुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।

चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा खटिरा आउने, मसिना विमिरा आउने, सुख्खा र छाला फुस्रो हुनेजस्ता समस्या हुन्छन् । त्यतिमात्र होइन, छाला डढ्ने र कालो धब्बा बस्ने समस्या पनि उत्तिकै हुन्छ । कहिलेकाहीँ छालाको एलर्जी पनि हुन्छ । त्यसैले गर्मी मौसममा छालाको विशेष स्याहार आवश्यक हुन्छ ।

गर्मीमा छालाका स्याहार गर्ने उपायहरु
१. गर्मी मौसममा पसिना धेरै आउने भएकाले हल्काखालको मोइस्चराइजर प्रयोग गर्न गर्ने ।
२. एन्टी अक्सिडेन्टयुक्त सौन्दर्य सामग्रीमा प्रयोग गर्ने ।
३. प्रशस्त मात्रामा पानी पिउने ।
४. जुस तथा झोलिलो खानेकुरा खाने ।
५. घरबाहिर निस्कनुभन्दा अगाडि सनस्कृन लगाउने
६. दिनमा दुई पटक फेसवासले राम्रोसँग अनुहार सफा गर्ने ।
७. अनुहार धोइसकेपछि टोनरको प्रयोग गर्ने ।
८. भिटामिन–सी सीरम लगाउने ।
९. कम्तीमा महिनामा एकपटक विशेषज्ञको सल्लाहमा फेसियल गर्ने ।

१०. बजारका खानाभन्दा घरको खाना नियमित खाने

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५