पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा विस्फोट

  • नेपाल राष्ट्रिय दैनिक
  • ६ चैत्र २०७८, आईतवार १२:११
bomb blast

उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।

पञ्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। उत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्। यो गोला बारूद भण्डारण क्षेत्र हो।

त्यहाँ ठूलो आगो बलिरहेको छ। विस्फोटको कारण अझै पत्ता लागेको छैन, मिलाप दैनिकका सम्पादक ऋषि सुरीले ट्वीटरमा उल्लेख गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share :
rupandehi jilla adalat

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५