अर्थतन्त्र सुधार र पूँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • ६ चैत्र २०७८, आईतवार १२:०४
Home Minister Janardan Sharma e1626153813604

अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पूँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो ।
अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको जनाएको छ ।

अर्थमन्त्री शर्माले संस्थागत सुधार, प्रविधिको प्रयोग, प्रविधिको अपडेट गरिरहनेलगायत विषयमा ध्यान दिनुपर्नेसमेत बताउनुभयो ।

Share :
TRC sankraman kalin mudda

“टीआरसी” मा दलहरुबीच सहमति

काठमाडौँ- सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा टुङ्गो लगाउन बाँकी सबै विषयहरूमा सहमति जुटेको नेकपा माओवादी केन्द्रका उउपमहासचिव जनार्दन शर्माले जानकारी दिएका छन् । गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र उपमहासचिव शर्मा सदस्य रहेको संयन्त्रले भोलि बेलुकीसम्म सहमति भएको[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५