आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनाव जित्छौं : प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जाने बताउनु भएको छ । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उहाँको भनाइ छ ।

बिहान पोखरामा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको दाबी गर्नुभयो ।

उहाँले आफ्नै बलमा अबको चुनाव लड्ने जिकिर पनि गर्नुभयो । यस्तै, चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उहाँले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताउनुभयो ।

तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उहाँको भनाइ छ । यस्तै, आफूले तत्कालै नेकपा एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५