छ सय रुपैंयाँले घट्यो सुनको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
gold

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५