छ सय रुपैंयाँले घट्यो सुनको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
gold

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार ८०० र तेजाबी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । गत साताको शुक्रबार १३ सय ८५ रुपैयाँ थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५