महामारीको अन्त्य भएको छैन् : डब्लूएचओ

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
logo who

थुप्रै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ ।

दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको छ । सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलोपटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिंगापुर र दक्षिण कोरिया लगायतका देशहरुको सङ्क्रमण बढेको बताइएको छ । सिंगापुरमा शनिबार थप १० हजार २४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै हङकङमा एकै दिन १६ हजार ५९७ जना सङ्क्रमित थपिएका छन् ।

यता, बेलायतले चौथो चरणमा कोरोनाविरुद्धको खोप दिने तयारी गरेको नेसनल हेल्थ सर्भिस (एनएचएस)ले जनाएको छ । बेलायतमा २० जनामा १ जना ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित रहेको बताइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५