बर्ड फ्लुको सङ्क्रमणबाट क्षति भएका किसानलाई सरकारले राहत दिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
1580648862Belgium reports first bird flu

नेपालमा देखिएको बर्ड फ्लुको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो ।

काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन ।

विभागले पक्षी ओसारपसार गर्दा स्वास्थ्य जाँच गराइ भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न, अन्त प्रयोग भइसकेका पुराना क्रेट, बोराजस्ता सामग्री आफ्नो फार्ममा पुनः प्रयोग नगर्न, पक्षीको ढुवानी गरिसकेपछि ढुवानी गाडीको अनिवार्य रुपमा सरसफाइ तथा निःसङ्क्रमण गर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी परे वा मरेमा पशु सेवाका निकायमा सूचना दिन पनि आग्रह गरेको छ ।

बर्ड फ्लु सङ्क्रमणबाट क्षति भएका पक्षी तथा सामग्रीको सरकारले किसानलाई राहत दिने गरेको छ । सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ । पक्षीमा टाउको सुन्निने, सिउर लोति निलो÷कालो हुने र धेरैको सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षणसहित बर्ड फ्लु देखिएको छ ।

छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५