गर्मी मौसममा खानपिन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
News 20200304035652881

गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरले आग्रह गरेका छन् ।

जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।

काठमाण्डौसहित देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर प्रशान्त त्रिपाठीकाअनुसार गर्मीमा टाइफाइड, झाडापखालाको जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दूषित पानी र खानाका कारण सरुवा रोग फैलने खतरा गर्मीमा धेरै हुने बताउनुभयो । सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डा. पुनको सुझाव छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५