गर्मी मौसममा खानपिन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव

  • नेपाल राष्ट्रिय दैनिक
  • March 20, 2022
News 20200304035652881

गर्मी मौसममा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सचेत हुन डाक्टरले आग्रह गरेका छन् ।

जाडोको तुलनामा गर्मीको समयमा सङ्क्रामक रोगको जोखिम धेरै हुने भएकाले स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका हुन् । गर्मी मौसम सुरु भएपछि भाइरल ज्वरो लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।

काठमाण्डौसहित देशका विभिन्न अस्पतालमा अहिले रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पेट दुख्ने लगायतका समस्या भएका बिरामी बढ्न थालेका छन् । डाक्टर प्रशान्त त्रिपाठीकाअनुसार गर्मीमा टाइफाइड, झाडापखालाको जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले दूषित पानी र खानाका कारण सरुवा रोग फैलने खतरा गर्मीमा धेरै हुने बताउनुभयो । सरुवा रोगको जोखिमबाट बच्न व्यक्तिगत सरसफाइका साथै खानपिनमा ध्यान दिन डा. पुनको सुझाव छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५