रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
joe biden and xi jinping

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले गरेको आक्रमणलाई सैन्य कारबाहीको संज्ञा दिएको छैन ।

दुई देशबीचको युद्धलाई सबैले साझा चिन्ताको विषयका लिनुपर्नेमा बाइडेन र सी को जोड छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५