फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध रुसको अपिल अस्वीकार

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
1623856244russai

फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ ।

रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा गरेको अपिल अस्वीकार भएको हो ।

युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धपछि रुसले कासमा प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको थियो । तर, कासले रुसको अपिल अस्वीकार गरेको छ ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धसँगै रुसले पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन् । यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५