फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध रुसको अपिल अस्वीकार

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ चैत्र २०७८, शनिबार १३:४६
1623856244russai

फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ ।

रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा गरेको अपिल अस्वीकार भएको हो ।

युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धपछि रुसले कासमा प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको थियो । तर, कासले रुसको अपिल अस्वीकार गरेको छ ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।

प्रतिबन्धसँगै रुसले पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन् । यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५