लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा फिनल्यान्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
helsinki header

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ ।

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ । सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ ।

सूचीमा डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । नेपाल ८४ औँ स्थानमा छ । चीन ७२ औँ र भारत एक सय ३६ औँ स्थानमा छ ।

प्राविधिक कारण भुटानलाई सूचीमा नसमेटिएको प्रतिवेदनमा उल्लेख छ । सूचीअनुसार अफगानिस्तान पुछारमा छ । त्यसअगाडि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना रहेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५