नयाँ खिम्ती सबस्टेसनको प्रधानमन्त्रीे देउवाद्धारा उद्घाटन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
PMDEUBA

धानमन्त्री शेरबहादुर देउवाले शनिबार रामेछाप मा २२०/१३० केभि नया खिम्ती सवस्टेशन काे उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका–१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती (२२०÷१३२ के.भी. क्षमता) सबस्टेसन आज उद्घाटन गर्नुभएको छ ।

सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्मार्ण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के. भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५