नयाँ खिम्ती सबस्टेसनको प्रधानमन्त्रीे देउवाद्धारा उद्घाटन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
PMDEUBA

धानमन्त्री शेरबहादुर देउवाले शनिबार रामेछाप मा २२०/१३० केभि नया खिम्ती सवस्टेशन काे उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका–१३ को साँखे (फुलासी) स्थित नयाँ खिम्ती (२२०÷१३२ के.भी. क्षमता) सबस्टेसन आज उद्घाटन गर्नुभएको छ ।

सबस्टेसन स्वदेशी पूँजीमा निर्माण भएको मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले नै निर्मार्ण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालनमा रहेको ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो ।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत जोडिने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० के. भी. डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जोडिएको छ ।

माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत यही सबस्टेसनमा जोडिएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५