नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ ।
केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो । शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्