विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
Biplab CC Meeting File photo

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्‍ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो ।
केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजेसम्मलाई सारिएको जानकारी दिइन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गरेका थिए।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५