भ्रष्टाचारको आरोपमा कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
akhtiyar002020 02 02 04 19 32

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार उनीहरुविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा संचालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको पाइएको छ ।

आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतमलगायत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५