चैत ६ र ७ गते फोनिजको महाधिवेशन चितवनको सौराहामा हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
images

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ ।

महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।

यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५