चैत ६ र ७ गते फोनिजको महाधिवेशन चितवनको सौराहामा हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
images

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ ।

महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ । फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।

यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५