मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
coronavirus 2

मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।

त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् ।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समेत गरी त्यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५