शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स)को परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ ।
यो निर्णय आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गरेको थियो । अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ ।
यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।
शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको बताउनुभयो ।
यही चैत २ गतेदेखि नै यो लागु भएको आयोगले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्