इस्लाम धर्मावलम्बीले आज सब्बेबरात पर्व मनाउँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
islam.1.674935

नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् ।

यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा (व्रत) बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताउनुभयो ।

मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ ।

यस पर्वमा अल्लाहको इबादत नमाज ९प्राथना० मुस्लिम ग्रन्थ कुरान वाचन, कब्रिस्तान (चिहान) मा प्रार्थना र गरिब दुःखीलाई दान दिने चलन रहिआएको मुस्लिम आगुवा असलमले जानकारी दिनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५