एमाले रौतहटद्वारा अनिश्चितकालीन जिल्ला बन्द घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
CPN UML Nepal 1

नेकपा एमाले रौतहटले आफ्ना नेतालाई बद्‌नाम गर्न प्रशासन प्रयोग गरिएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्ने घोषणा गरेको छ।

गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बद्‌नाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो।

शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले प्रेस विज्ञप्ति जारी गरी स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलगायत माथिल्लो निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

गाडी दुर्घटनाको विषयमा अनावश्यक रुपमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर जिल्लाका सिडियो र एसपीलगायतका प्रशासनले बद्‌नाम गरिरहेको अध्यक्ष साहको भनाइ छ।

केही दिनअगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५