माओवादी केन्द्र चितवनको जिम्मेवारी रेनु दाहाललाई

  • नेपाल राष्ट्रिय दैनिक
  • March 17, 2022
renu dahal pic 768x627 1

नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एव‌ं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ ।

बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५