अमेरिका र युरोपेली कम्पनीका विमानहरु रुसको कब्जामा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 17, 2022
1553653574.Airbus A220

रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जा गरेको छ ।

युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रूसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रूसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

अमेरिका र युरोपका केही देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ ।

तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रूसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५