चैत २५ गतेदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 17, 2022
khop

सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको छ । यो खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ ।

भण्डार केन्द्रको अभावका कारण खोप ल्याउन ढिलाइ भइरहेको थियो। हिजो टाइफाइडविरुद्धको दुई लाख भायल खोप भारतबाट आएको छ । थप खोप पनि ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५