युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • March 15, 2022
thumbs b c 97364443d9077ed5de347d854c86be6f

रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ ।

सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका–यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ ।
युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ। कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।

खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको जनाएको छ।

रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५