विवेकशील साझाका ६ जना केन्द्रीय सदस्य बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • March 15, 2022
thumb

विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ ।

कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो ।

बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् । फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता शरद पाठकले जानकारी दिनुभयो ।

पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको प्रवक्ता पाठकको भनाइ छ । पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।

यस्तै नेताहरु सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने विवेकशील साझाले निर्णय गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५