प्रम देउवाको प्रश्न : आफू मन्त्रिपरिषद्मा रहँदा भीम रावलले किन एमसिसी पास गरेको ?

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
1554102541sher bahadur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो¥याउनुभएको छ । उहाँले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।

सो कार्यक्रममा उहाँले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन रु त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको रु” देउवाले आक्रोशित हुँदै भन्नुभयो, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफँैले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन् रु विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो रु”

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाउनुभयो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसिसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोख्नुभएको थियो । रासस

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५