स्थानीय तहको निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
Nirwachan 1

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने भएका छन् ।

शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलका निर्वाचन आयोगले वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको मताधिकार सुनिश्चित हुने गरी ‘कट अफ डेट’ निर्धारण गरिएको जानकारी गराएको हो ।

यसो गर्दा थप दुई लाख युवाहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

२०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसबेला एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५