एमसिसी समझौताबाट फाइदा लिन व्यवसायीलाइ प्रधानमन्त्री देउवाको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
sherbahadur deuba 7SSB44y2qU

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास एवम् विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन र, त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ । भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ । ”

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक छ भन्नुभयो । उहाँले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका सङ्घ संस्थालाई सुझाव दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि महासङ्घलाई सुझाव दिनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घको मुखपत्र निर्माण विशेषाङ्क विमोचन गर्नुभयो ।

कार्यक्रममा उहाँले निर्माण उद्योगको विकास विस्तारमा उल्लेखनीय सहयोग पु¥याएबापत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव शर्मालाई सम्मान पनि गर्नुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५